एसीसी प्रिमियर कप : नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

Sharing is caring!

वैशाख १, २०८१ । एसीसी प्रिमियर कप अन्तरगत दोस्रो खेलमा अल राउण्डर दिपेन्द्र सिंह ऐरी चम्किएपछि नेपालले कतारसामु जितका लागि २११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले । उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए ।

त्यस्तै, ओपनर आसिफ शेखले ५२, कुशल मल्लले ३५ कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रन बनाए ।
कतारले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *