भक्तपुरमा बिस्केट जात्राको रौनक [फोटो फिचर]

Sharing is caring!

वैशाख १, २०८१ । नयाँ वर्षको पहिलो दिन शनिबार मुलुकको संघीय राजधानी काठमाडौंसहित आसपासका क्षेत्रहरुमा उत्सवमय वातावरण देखिएको छ । शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक मेलाहरु हेर्ने, विभिन्न पर्यटकीय क्षेत्रहरुमा घुमफिर गर्ने तथा मिठा मिठा खानाका परिकारहरु खाएर रमाइलो गरिरहेका छन् ।


भक्तपुरमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा हेर्नेको घुइँचो लागेको छ । टौमढीस्थित पाँचतले मन्दिरमा जात्रा हेर्न घुइँचो लागेको हो । जात्राका सन्दर्भमा चैत मसान्तका दिन इन्द्रध्वजासहितको लिंगो उठाउने र वैशाख १ गते (आज) साँझ त्यसलाई ढाल्ने गरिन्छ । आजै साँझ भक्तपुरको भेलुखेलमा भव्य मेला पनि लाग्ने गरिन्छ ।


भैरवनाथको प्रतीक मानिने लिंगोको शीर्ष भाग र हात नीलो कपडाले बेरिएको हुन्छ । लिंगोको कोखामा झुन्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *