टी–२० विश्वकप एसिया छनोट : नेपालले सिंगापुरसँग पहिलो खेल खेल्दै

Sharing is caring!

कात्तिक १३, २०८० । आईसीसी टी–२० विश्वकप एसिया छनोटका फाइनल खेल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको पहिलो दिन सोमबार कुल चार खेल हुनेछ । समूह ए मा रहेको घरेलु टोली नेपालले पहिलो खेलमा सिंगापुरसँग खेल्नेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
समूह एअन्तर्गत नै ओमान र मलेसियाबीचको खेल पनि टीयू मैदानमै दिउँसो सवा १ बजे सुरु हुनेछ ।

यस्तै समूह बीअन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे र समूह बी कै अर्का दुई टोली हङकङ र कुवेतबीचको खेल पनि दिउँसो सवा १ बजे मुलपानीमा नै आयोजना हुनेछ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन् ।

घरेलु मैदानमा हुने छनौट खेलमा शीर्ष दुईमा रहेर विश्वकप पुग्ने सुनौलो अवसर पाएको नेपालले मौकाको सदुपयोग गरी उम्दा प्रर्दशनमार्फत विश्वकप पुग्ने लक्ष्य पूरा हुनेगरी आज प्रर्दशन गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *