ओडिआईमा नेपालको वरीयता खस्कियो

Sharing is caring!


असार २६, २०८० । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई वरीयतामा १ स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५ औं स्थानमा पुगेको हो ।

नेपालले एकदिवसीय विश्वकप छनोटका ६ खेल मध्ये २ मा मात्र जित हात पारेको थियो। एकदिवसीय विश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले वरीयता सुधारेपछि नेपाल पछि परेको हो । एसोसिएट तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स दोस्रो र नेपाल तेस्रो स्थानमा धकेलिएको छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया र दोस्रो स्थानमा पाकिस्तान, तेस्रोमा भारत तथा न्युजिल्यान्ड चौथो स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *