हेलिकोप्टर दुर्घटनामाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Sharing is caring!

असार २६, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दःुख व्यक्त गरेका छन् ।
आज विहान भएको दुर्घटनाप्रति प्रधानमन्त्रीले, दुख व्यक्त गर्दै छिटो र प्रभावकारी उद्दारको लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ। दुर्घटनामा परी मृत्यु भएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्दारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु।’

आज बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरामा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *