ओलीको कटाक्ष : पार्टी ध्वस्त पारेर कांग्रेसको पछि लठ्याक लठ्याक

Sharing is caring!

असार २६, २०८० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आफ्नो दुई तिहाई नजिकको पार्टी ध्वस्त पारेर कांग्रेसको पछि लागेको आरोप लगाएका हुन् ।

मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको वाग्मती प्रदेश संगठन कमिटीको सातौ बैठकमा उनले प्रचण्डलाई लाज नभएको मान्छे भने ।

‘अहिले एमाले नेकपाको नाउमा दुई तिहाईको स्थितीमा पुगि सकेको थियो । एकता र अरु विस्तारको प्रयास दुई तिहाईमा पुगिसकेको पार्टीलाई विभिन्न नाउमा ध्वस्त पारेर अहिले लठ्याक लठ्याक गर्दै कांग्रेसको पछि पछि, लठ्याक लठ्याक गर्दै अर्कोको पछाडी पछाडी कस्तो लाज नभएको होला ? यो यतिकै भएको होर ?’

कहिले पनि पार्टी भित्र अन्तरद्वन्द्ध मच्चायर, असमझदारी चर्काएर, सेन्टीमेन्टमा मान्छेलाई भड्काएर, गुटबन्धी गरेर जितीन्छ सफल भईन्छ भनेर नसोच्न उनको सुझाव छ । कँही पुग्नको लागि संघर्ष गर्नु पर्ने र विजय हुनको लागि लड्नु पर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *