ट्रेड युनियन एउटा मात्र रहने प्रस्तावको कर्मचारी संगठनद्वारा विरोध

Sharing is caring!

जेठ १८, २०७५ । संघीय निजामती सेवा ऐनको विधेयक मस्यौदामा एउटा मात्र निजामती कर्मचारीको ट्रेड युनियन रहने प्रस्ताव गरेपछि विभिन्न कर्मचारी संगठनले विरोध जनाएका छन् ।

उनीहरुले निजामती कर्मचारीको अधिकार खोस्ने गरी एउटा मात्र ट्रेड युनियन ल्याउन थालेकामा विरोध जनाएका हुन् ।

नेपाल निजामती कर्मचारी संगठनका महासचिव रेवन्त गौतमले लोकतान्त्रिक देशले कर्मचारीको संगठन खोल्न पाउने अधिकार कटौती गर्न थालेको बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा केन्द्रस्तरमा एक मात्र ट्रेड युनियन रहने प्रस्ताव गरेको छ । मन्त्रालयले अहिले रहेको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन मात्र राख्ने र अरू राजनीतिक दलका संगठन खारेज गर्ने अभिप्रायका साथ एउटा मात्र कर्मचारी संगठनको विधेयकमा प्रस्ताव गरेको हो । यो प्रस्तावसँगै राजनीतिक दलसँग आबद्ध रहेका संगठन स्वतः खारेजमा पर्नेछन् ।

यसैगरी, नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्ष गोपाल पोखरेलले सरकारले बहुदलीय व्यवस्थालाई स्वीकार गरेर पनि कर्मचारी संगठनमा एउटा मात्र संगठन खोल्न थालेको बताउनुभयो । उहाँले कर्मचारीको हकअधिकारका लागि स्थापित भएका संगठन मास्न नपाइने धारणा राख्नुभयो । अहिले नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल मधेशी कर्मचारी मञ्चलगायत चार कर्मचारी संगठन रहेका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *