शिक्षकहरूको समस्या चाँडै समाधान हुने कार्यवाहक प्रधानमन्त्री खड्काको विश्वास

Sharing is caring!

असोज ४, २०८० । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूको समस्या चाँडै समाधान हुने बताएका छन् ।

बिहीबार सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले शिक्षकका समस्याबारे सरकार गम्भीर भएको र वार्ता थालेको जानकारी दिए । बैठकमा उनले शिक्षकहरूले मुलुकको अवस्था र संविधानले गरेको प्रबन्धलाई बुझेको र वार्ताबाट चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आजदेखि शिक्षकहरूसँग वार्ता सुरू भएको छ । शिक्षकहरूको समस्या समाधान हुन्छ । हामीले समस्या समाधान गर्छौं।’ उनले वार्तामा सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने बताए । शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी विषय छलफल र वार्ता गरेर टुंग्याउने उनको भनाइ छ ।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । नेपाल शिक्षक महासंघ र उपप्रधानमन्त्री श्रेष्ठसहितले आज विहान गृह मन्त्रालयमा वार्ता गरे पनि छलफल निष्कर्षमा पुगेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *