श्रम स्वीकृति नलिई विदेशमा काम गरिरहेकालाई वैधानिक बाटोमा ल्याउने प्रयास थालिएको छ : मन्त्री भण्डारी

Sharing is caring!

असोज ४, २०८० । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालमा श्रम स्वीकृति नलिए पनि विदेशमा पुगेर काम गरिरहेका नेपाली कामदारलाई कानून भित्र ल्याउने प्रयास भइरहेको बताएका छन् ।

आज प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले नेपालमा श्रम स्वीकृति नलिएका तर विदेशमा श्रम स्वीकति लिएर काम गरिरहेकाहरुलाई पनि समयसिमा तोकेर वैधानिक बनाउने तयारी भइहरेको बताएका हुन् । उनले भने ‘नेपालबाट प्रक्रियाविना नै गएर त्यहाँ गएर काम गरिरहेका छन् । यसरी हेर्दा अरु देशले उनीहरुलाई श्रम स्विकृति दिएको तर हामीले नदिएको जस्तो देखिन्छ त्यसले गर्दा अवैधानिक भएको जस्तो देखिएको छ । त्यस्ता व्यक्तिहरुलाई पनि एउटा समयसिमा तोकेर वैधानिक बनाउने कुरा अगाडि बढाएका छौँ । ’

त्यस्तै उनले वैदेशिक रोगजारीका क्रममा अशक्त भएका वा ज्यान गुमाएकाहरुको शव नेपाल ल्याउन लाग्ने सम्पूर्ण खर्चको जिम्मा सरकारले लिने गरी तयारी भईरहेको बताए । ‘वैदेशिक रोजगारीको क्रममा अशक्त भई नेपाल फिर्ता ल्याएको उपचार गर्ने कार्य अगाडि बढाउने, त्यसको लागि एउटा उपचार कोष बनाउने भन्ने कुरा पनि छ । हामीले श्रम स्विकृति लिएकाहरुको केही भएको खण्डमा शव ल्याउने सबै खर्च वैदेशिक रोजगार कोषबाट नै गर्छौ ।’

त्यस्तै उनले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अङ्ग्रेजी भाषालाई अनिवार्य बनाउने, मन्त्रालयको संयुक्त टोलीले प्रमुख श्रम गन्तव्य मुलुकहरुमा कम्तीमा एक वर्षमा एक पटक नियमित अनुगमन गर्ने, श्रम गन्तव्य मुलुकहरुलाई श्रममैत्री बनाउन स्रोत र साधनको व्यवस्थापनको लागि प्रतिवेदन तयार गर्ने र अर्थमन्त्रालयले सहजीकरण गर्नेलगायतका काम भइरहेको उनको भर्नाइ छ ।

त्यस्तै मन्त्रालयले विदेश जाने व्यक्तिको वैदेशिक रोजगार बचत खातामा रकम जम्मा गर्न सक्ने गरी मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग समन्वय गरेर विधि तय गर्ने काम थालेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *