हामी कसैको सुरक्षा छातामा बस्दैनौँ : पूर्व प्रधानमन्त्री नेपाल

Sharing is caring!

असोज ४, २०८० । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाल कुनै रणनीतिक योजनामा सामल हुन नुहने दोहो¥याएका छन् ।

बुधबार काठमाडौंमा आयोजि ‘राष्ट्रिय हित र सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको भन्दै , नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नर्गन् बाह्य शक्तिलाई आग्र गरे ।

‘सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौं । हामी कसैको सुरक्षा छातामा बस्न सक्दैनौं । कसैको सुरक्षा छाता होइन् सद्भाव भए पुग्छ । हाम्रो देशको आन्तरिक मामिलामा कसैले हात नहाली दिउन् र दुई देशबीचको द्वन्द्वको अखडा र मैदान नबनाई दिउन् त्यति भए पुग्छ । ’ उनले भने ।

त्यस्तै उनले पछिल्लो समय लोकतन्त्र र प्रजातन्त्रको नाममा अनुचित कर्मको ढाकछोप गर्ने गरिएको भन्दै असन्तुष्टि पोखे । जनताको बीचमा फाटो ल्याउने काम गरेमा फाईदा अरुले उठाउने र कुटनीतिक कौशलताको लागि पहल गर्नु पर्ने उनको तर्क छ । उनले कम्युनिष्ट पार्टीहरुलाई गलत रुपमा व्याख्या गर्ने गरिएको आरोप लगाएका छन् ।

‘मानवीय पक्षलाई ओझेलमा पारेर कम्युनिष्टहरु मानवीय हैन दानवीय हुन्छन् भन्ने एक्लो वर्चस्व कायम गर्न चाहान्छ र अधिनायकवादी हुन्छन् भन्दै संसारमा प्रचार गर्ने गरिएको छ । आफुले गरेको सबै खाले अनुचित कुराहरु लोकतन्त्र र प्रजातन्त्रको नाममा ढाकछोप गर्ने गरिएको छ । ’

देशको राष्ट्रियहितको बारेमा सबैजना गम्भीर हुनु पर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *