ब्राउनसुगरसहित चारजना पक्राउ

Sharing is caring!

माघ १७, २०८० । झापा र मोरङबाट प्रहरीले प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका(१७ की १९ वर्षीया अनिता बैठालाई करिब २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

उनीसँग कारोबारमा संलग्न विराटनगर–१६ की ३० वर्षीया सरस्वती गुरुङलाई डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ ।

मोरङकै पथरी शनिश्चरे नगरपालिका–४ बाट ३३ वर्षीय चित्रकुमार रपाललाई २५ ग्राम ब्राउनसुगर, ५ वटा मोबाइल फोन र डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, झापाको मेचीनगर–६ बाट बुद्धशान्ति गाउँपालिका–५ का २२ वर्षीय स्मार्ट थेवे एक ग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *