एसिया कप खेलेर स्वदेश फर्कियो क्रिकेट टोली

Sharing is caring!

भदौ २०, २०८० । एसिया कप खेलेर राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । बुधबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारी सहित क्रिकेट प्रेमीले स्वागत गरे ।
विमानस्थल बाहिर सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका स्पिनर सन्दीप लामिछानेले, एसिया कप राम्रो भएको र त्यसलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए ।

जारी एसिया कपमा समूह ‘ए’ मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूहचरणबाटै बाहिरिएको छ । पहिलो पटक एसिया कप खेलेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।

भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटको अब्बल र नम्बर १ टिम सँग खेलेको नेपाली टोलीले प्रतिस्पर्धामा हार बेहोरे पनि नेपाली क्रिकेटलाई विश्वमाझ चिनाउँदै धेरै सिकेर फर्किएको भन्दै प्रशंसा भइरहेको छ ।

एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तानको कराँची हुँदै मुल्तान र त्यहाँबाट श्रीलंकाको क्याण्डिसम्म पुगेको थियो। लगातार २ खेल हार्दै नेपालले दुई शक्ति राष्ट्रसँग अनुभव बटुलेर समूहचरणबाटै बाहिरिँदा शीर्ष वरियताको पाकिस्तान र तेस्रो वरियताको भारत सुपर फोरमा पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *