प्रधानमन्त्री कप क्रिकेटको उपाधी नेपाल पुलिस क्लबलाई

Sharing is caring!

माघ २०, २०८० । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधी जितेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । पुलिसका लागि शंकर रानाले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए । त्यस्तै, सोमपाल सोमपाल कामीले ३९, इमरान शेखले २८, र कुशल मल्लले १७ रन हिर्काए ।

पुलिसका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिए । त्यस्तै, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *