आइपीएल : राजस्थान रोयल्सको लगातार दोस्रो जित

Sharing is caring!

चैत १६, २०८० । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकाल्दा दिल्ली क्यापिटल्सले दोस्रो हार व्यहोरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा दिल्ली ५ विकेट गुमाएर १७३ रनमा रोकियो । पहिला ब्याटिङ गर्दा सुरुआत राम्रो गर्न नसकेको राजस्थानको पारिलाई रियान परागले नटआउट ८४ रन बनाउँदै उकासेका थिए ।

यशस्वी जयसवाल ५ रन बनाएर पहिलो विकेटको रुपमा आउट भएका थिए । ५.२ ओभरमा ३० रन बनाएका बेला कप्तान सन्जु सामसन १५ रन बनाएर आउट भए । लगत्तै जोस बटलर पनि व्यक्तिगत ११ रन जोडेर आउट हुँदा राजस्थानले ७.२ ओभरमा ३ विकेट गुमाएर ३६ रन बनाएको थियो । त्यसपछि रियान पराग र रविचन्द्रन आश्विन मिलेर अघि बढाए । यी दुईले ३७ बलमा ५४ रनको पारि खेले । आश्विन १९ बलमा २९ रन बनाएर चौथो विकेटको रुपमा आउट भए । त्यसपछि रियान र ध्रुव जुरेलले २३ बलमा ५२ रनको साझेदारी गरेपछि राजस्थान पनि ठूलो स्कोरतर्फ अघि बढेको थियो । जुरेल १२ बलमा २० रन जोडेर आउट भएका थिए । अन्तिम १६ बलमा रयान पराग र सिमरोन हटमायर नटआउट ४३ रनको साझेदारी गरे । ७ बलको सामना गरेका हटमायरले नटआउट १४ रनको जोड्दा परागको नटआउट ८४ रनको अर्धशतकीय पारि नै राजस्थानका लागि ठूलो राहत बन्न पुगेको थियो । रियानले ४५ बलमा छ छक्का र सात चौका प्रहार गरे ।

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोट्जे, अक्षर पटेकल र कुलदीप यादवले समान एक ÷एक विकेट लिए ।

जवाफी लक्ष्यसहित मैदान उत्रिएको दिल्ली क्यापिटल्सले सुरुआत मध्यम गरेको थियो । डेभिड वार्नर र मिचेल मार्सले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरे । मिचेल मार्स १२ बलमा २३ रन बनाएर आउट भएका थिए । उनले पाँच चौका प्रहार गरे । लगत्तै रिकी भुइ खाता नै नखोली आउट भए । त्यसपछि वार्नर र कप्तान रिसव पन्तले पारि अघी बढाए । यी दुई खेलाडीले ४६ बलमा ६७ रनको साझेदारी गरेका थिए । पन्त २० बलमा २४ रन बनाएर आउट भए । वार्नर ३४ बलमा ४९ रनको पारि खेल्दै आउट भए । उनी तेस्रो विकेटको रुपमा आउट हुँदा दिल्लीले ११.२ ओभरमा ९७ रन बनाएको थियो । चौथो विकेटको रुपमा कप्तान ऋषभ पन्त आउट भएका थिए । ऋषभले २६ बलमा २८ रन बनाएका थ्एि । अभिषेक पोरेल ९ रन बनाएर आउट हुँदा दिल्लीले १५.३ ओभरमा १२२ रन बनाएको थियो । एक छेउमा ट्रिस्टन स्टब्सले अन्तिमसम्म प्रयास गरे पनि सफल भएनन् । उनी र अक्षर पटेलले अन्तिम २७ बलमा ५१ रनको साझेदारी गरे पनि दिल्ली १२ रनले पराजित भयो । स्टिब्सले २३ बलमा ४४ रन जोड्दा अक्षरले १३ बलमा नटआउट १५ रन बनाए । राजस्थानका नान्द्रे ब्रुगर र युजवेन्द्र चहलले समान दुई -दुई विकेट लिँदा आभेष खानले एक विकेट हात पारे । जारी सिजनमा दिल्लीको लगातार दोस्रो हार हो भने राजस्थानले लगातार दोस्रो जित निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *