जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

Sharing is caring!

फागुन ८, २०८० । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने गरी बैठक बोलाइएको हो ।

प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *