कञ्चनपुर घट्नामा संलग्नलाई कारबाही गर्न सरकार तयार: मन्त्री थापा

Sharing is caring!

भदौ ९, २०७५ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले कञ्चनपुरको घट्नाका बारेमा सरकार गम्भिर रहेको जानकारी दिएकी छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले १३ वर्षीया निर्मला पन्तका हत्यारालाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपुर्ति प्रदान गर्न सरकार गम्भिर रहेको बताएकी हुन ।
मन्त्री थापाले भनिन्,‘पाँच वर्षको लागि स्थिर सरकार बनेको छ, सरकार जनताको जिउ धनको सुरक्षा गर्न संवेदनशील छ, कञ्चनपुरको घट्ना एकदमै दुःखत छ, निर्मलाको हत्यामा संलग्नको पहिचान गर्छौं र कानून अनुसार कारबाही पनि गर्छौं, उक्त घट्नाको बारेमा अनुसन्धान लामो भयो, जनताले शंका गरे, अनि आन्दोलन भयो, सरकारले कञ्चनपुरको प्रहरी प्रशासनलाई फिर्ता बोलाएको छ, त्यहाँ पठाईएका नयाँ प्रशासक र सुरक्षा प्रमुखले समयमै काम गर्छन् ।’
कञ्चनपुर घट्नाको बारेमा बनेको छानविन समितिले तत्काल काम गर्ने बताउदै मन्त्री थापाले घट्नामा संलग्न जोकोहीलाई कानूनको दायारमा ल्याएरै छोड्ने बताईन् । हिजो साँझ गोली चलेर १४ वर्षीय बालकको निधन भएको घट्ना दुःखद् रहेको उनले बताईन् ।
उनले भनिन्,‘हिजोको घट्नाको पनि सरकारले सत्य तथ्य छानबिन गर्छ । र, दोषीमाथि कडा कानूनी कारबाही गर्छ ।’ यद्धपी उनले आन्दोलनलाई राजनीतिक रंग दिन नहुने धारणा राखिन् ।
उनले भनिन्,‘सरकार गम्भिर छ, अपराधीलाई कुनैपनी हालतमा कारबाही हुन्छ,जघन्य अपराधीलाई मृत्युदण्ड दिनमिल्ने हाम्रो कानून छैन्, आवाजहरु उठेका छन्, संविधान अनुसार हामीले बोल्ने हो । कि त संविधान संशोधन गर्नुपर्छ, अनिमात्रै अपराधीलाई मृत्युदण्ड दिन मिल्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *