कांग्रेसको महासमिति बैठक मंसिरको पहिलो साता काठमाडौंमा
भदौ ९, २०७५ । नेपाली कांग्रेसको महासमिति बैठक मंसिरको पहिलो साता काठमाडौंमा हुने भएको छ ।
शनिबार बसेको कांग्रेस केन्द्रिय समितिले महासमिति बैठकको मिति र स्थानको टुंगो लगाएको हो ।
आगामी मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक हुने सहभागी एक नेताले जानकारी दिए ।
यस अघि कांग्रेस सभापति शेरबहादुर देउवाले ११ सदस्सीय विधान संशोधन मस्यौदा समिति बनाएका थिए ।
सो समितिमा आफ्नै गुटका नेता तथा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई संयोजक बनाएपछि रामचन्द्र पौडेल असन्तुस्ट भएका थिए।
जस कारण शुक्रबारको बैठक नबसी स्थगन गरिएको थियो ।