दबाबमा कांग्रेस नेतृत्व

Sharing is caring!

असोज २७, २०८० । सत्तारूढ नेपाली कांग्रेसभित्र कोसी प्रदेश सरकार गठनका लागि लिएर तीव्र विवाद उत्पन्न भएको छ। सभापति शेरबहादुर देउवासहितका नेताहरू अहिलेको गठबन्धनको पक्षमा देखिए पनि नेता शेखर कोइराला त्यसको विपक्षमा उभिएपछि विवाद तीव्र बन्न पुगेको हो।

केन्द्रीय गठबन्धनलाई निरन्तरता दिँदै संस्थापन पक्षले माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने समझदारी गरे पनि कोइराला पक्षका नेताहरूले प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर मुख्यमन्त्री दाबी कांग्रेस विवाद तीव्र बन्न पुगेको हो।

पार्टीभित्रको समस्या समाधान गर्न शुक्रबार अपराह्न बोलाइएको कार्यसम्पादन समितिको बैठक बिनानिष्कर्ष टुंगिएको छ। बैठकमा डा। शेखर कोइराला अनुपस्थिति भएपछि बैठक निष्कर्षमा पुग्न सकेको थिएन।
‘सहमति गर्ने कुरा शेखर कोइरालासँग छ। उहाँ नै बैठकमा अनुपस्थिति भएपछि बैठक निष्कर्षमा पुग्न सकेन। त्यसैले पार्टी अहिले अप्ठ्यारो अवस्थामा पुगेको हो,’ उनले भने।

विश्वकर्माका अनुसार शनिबार कार्यसम्पादन समितिको बैठक पुनः बस्ने भएको छ। उक्त बैठकमा कोसी प्रदेश सरकारको विषयमा गम्भीर छलफल हुने विश्वकर्माको भनाइ छ। ‘माओवादी कांग्रेसको नेतृत्व मान्न तयार छ। समस्या कोइरालाबाटै भएको छ। सभापतिज्यूले एमालेको समर्थनमा नभई गठबन्धनको सहयोगमा कोइरालाकै मान्छेलाई अघि सार्न सहमत हुनुहुन्छ,’ विश्वकर्माले भने, ‘तर त्यो विषयमा पनि प्रस्ट धारणा राख्नुभएन। सायद छलफलमा हुनुहुन्छ होला।’

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्नुअघि सत्तारूढ गठबन्धनको बैठक बसेको थियो। उक्त बैठकमा अहिलेको गठबन्धनलाई कायम राख्ने सहमति भएको विश्वकर्माले बताए। ‘गठबन्धनमा समस्या भएन। अहिलेको गठबन्धनलाई कायम राख्ने र कोसीमा कांग्रेसको नेतृत्व मान्ने सहमति भएको छ। समस्या कांग्रेसभित्रै देखियो,’ विश्वकर्माले भने।

एमालेबाट मुख्यमन्त्री भएका हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए। जसअनुसार कांग्रेस संसदीय दलमा सहमति नभएपछि गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको थियो।

कार्कीलाई एमालेले समर्थन गरेको छ। कोसी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक गरी कुला ९२ सांसद छन। जसमा बहुमत बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ। कोसी सरकारको विषयमा कांग्रेसभित्र कोइराला पक्षले गगन थापा पक्षको समर्थन पाउन सकेको छैन। यो खबर नागरिक दैनिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *