यी प्रदेशमा हल्का वर्षाको सम्भावना

Sharing is caring!

असोज २७, २०८० । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यतया मौसम सफा रहनेछ ।
आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
शनिबार कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

आज राती देशको पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *