प्रधानमन्त्रीको सचिवालय पुनर्गठन, थापा प्रेस सल्लाहकार, घिमिरे आर्थिक सल्लाहकार र थपलिया विकास विज्ञ

Sharing is caring!

कात्तिक ३०, २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजि सचिवालय पुनर्गठन गरेका छन् । मन्त्रीपरिषद्को शुक्रबारको बैठकले प्रेस सल्लाहकारमा नेकपा केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापा, आर्थिक मामिला सल्लाहकारमा पूर्व सचिव लालशंकर घिमेर र विकास विज्ञमा इन्जिनियर गजेन्द्र थपलीयालाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री ओलीको सचिवालयमा रहेका छ जनाले केही दिन अघि राजिनामा दिएका थिए । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट सल्लाहकार राजन भट्टराई लगायतको भने प्रधानमन्त्री सचिवालयमा यथावत रहेका छन् ।

नवनियुक्तहरु मध्ये थापालाई राज्यमन्त्री, घिमिरेलाई सहायकमन्त्री र थपलीयालाई विशिष्ट श्रेणीको सुविधा हुनेगरी नियुक्त गरिएको हो । थापा नौ बर्ष अघि तत्कालिन एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि सहायकमन्त्री सरहको प्रेस सल्लाहकार भएका थिए । थापा अहिले राज्यमन्त्री सरहको प्रधानमन्त्रीको सल्लाहकार बनेका हुन् ।

तत्कालीन एमाले निकट बुधबार साप्ताहिकको सम्पादक बनेका थापाले प्रचार विभाग सचिव हुदै एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि पनि प्रचार विभागको उपप्रमुख र पर्यटन विभागको प्रमुखको जिम्मेवारी एकैपटक सम्हालेका थिए । पार्टी एकतापछि पनि थापा नेकपाको प्रचार विभाग उपप्रमुख भए ।

आर्थिक मामिला सल्लाहकारमा नियुक्त घिमिरे केही समयअघि मात्र राजस्व सचिवबाट अवकास पाएका हुन् । उनी बैदेशिक ऋण सहायता लगायतका बिषयमा राम्रो दख्खल राख्ने व्यक्ति हुन् । विकासविज्ञको रुपमा नियुक्त थपलीया यसअघि केपी ओलीको पहिलो कार्यकालमा पनि त्यही पदमा बसेर काम गरेका थिए ।

ओलीको अहिलेको कार्यकालमा विगतका धेरै सल्लाहकार र सविचलायका सदस्य दोहोरिदा थपलीया छु्टेका थिए । अहिले सचिवालय पूर्नगठनमा प्रधानमन्त्री ओलीले थपलीयालाई पुन: प्रवेश गराएका हुन् । पहिलेको कार्यकालेमा ओलीले निकै चर्चा गर्ने तुइन विस्थापन लगायतको काममा थपलीयाले भूमिका खेलेका थिए । उनले विकास आयोजनाहरुको पनि समन्वय गर्थे ।

ओलीको नीजि सचिवालयका १६ जना सदस्यमध्ये ६ जनाले दिएको राजीनामा स्वीकृत भएको थियो । प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल र सचिवालयमा कार्यरत घनश्याम भट्टराई र उदय पोखरेल ओलीको सचिवालयबाट हटेका छन् । उनीहरुले मंसिर १ गतेदेखि लागू हुनेगरि राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले सचिवालयका सदस्यहरुको कार्यक्षमता चुस्त दुरुस्त नभएको भन्दै असन्तुष्टी जनाएपछि सचिवालयका सबैले राजीनामा दिने निर्णय भएको थियो । तर प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदा ६ जनाले मात्रै हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, आइटी विज्ञ अस्गर अली, स्वकीय सचिवहरु इन्द्र भण्डारी र राजेश बज्राचार्य, प्रेस विज्ञ रामशरण बजगाईंले भने प्रधानमन्त्रीको नीजि सचिवालयमा निरन्तरता पाएका छन् । यसैगरी स्वकीय सचिवहरु महेन्द्र श्रेष्ठ, होम थापा र दिपेन्द्र दाहाल पनि प्रधानमन्त्रीको सचिवालयमा निरन्तर रहनेछन् । यो खबर कान्तिपुरबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *