सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समिति बनाऔं : विश्वप्रकाश शर्मा

Sharing is caring!

चैत २७, २०८० । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गरेका छन् ।

मंगलबार सामाजिक संजालमा भनेका छन्,‘विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो उपयुक्त छ । गठन गरौं ।’

त्यस्तै उनले सहकारी ठगीबारे ‘संसदीय छानविन समिति’ गठन गरौं पनि भनेका छन् । रास्वपाको मागप्रति समर्थन गर्दै शर्माले छानविन समितिका लागि दबाब बढाएका हुन् ।

नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले पनि सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा वहाल रहेका मन्त्री समेत संलग्न रहेकाले संसदीय छानबिन समिति माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *