सेयर बजार परिसूचकमा ९.१९ अंकको वृद्धि

Sharing is caring!

चैत २७, २०८० । सेयर बजार परिसूचक मंगलबार ९.१९ अंकले बढेर परिसूचक २०३६.०१ विन्दुमा रह्यो । ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको छ । साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ थियो ।

१३ उपसमूहमा होटल तथा पर्यटन र लघुवित्त बाहेक सबै बढ्दा नेप्से परिसूचकमा सुधार आएको हो । फाइनान्स उपसमूह सर्वाधिक २.७९ प्रतिशतले बढेको छ । आज १५० कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे । ८६ कम्पनीका सेयरमूल्य घट्यो भने ९ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।

आज जानकी फाइनान्सको सेयर बढेर सर्किट लागेको छ । नेपाल फाइनान्स र पोखरा फाइनान्स सेयरमूल्य पनि उल्लेख्य बढेको छ । आज उच्च कारोबार हुनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी छ । उक्त कम्पनीको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गोर्खाज फाइनान्सको १६ करोड, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४५ लाख, नेपाल फाइनान्सको १५ करोड ३६ लाख र पोखरा फाइनान्सको १० करोडको सेयर किनबेच भएको छ ।

वीन नेपाल लघुवित्तको सेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त, सबैको लघुवित्त, समता घरेलु लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर घटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *