दोहोरो अंकले घट्यो शेयर बजार

Sharing is caring!

असार २५, २०७५ ।  शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १८.३३ बिन्दुले ओरालो लागेर एक हजार २०६ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.८९ बिन्दुले घटेर २५३.८४ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज कूल १६७ कम्पनीको १० लाख ६५ हजार ४८६ कित्ता शेयर रु ४० करोड आठ लाख ८७ हजार २७४ मूल्यमा खरिद बिक्री भएको हो ।

आज दुई उपमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार समूह ०.२५ र उत्पादन समूह ७.४३ बिन्दुले बढ्दा बैंकिङ १६.५२, होटल २४.४३, विकास बैंक १७.९६, जलविद्युत् २८.२८, फाइनान्स ३.४२, बीमा १३५.३, अन्य ४.७८ र माइक्रोफाइनान्स २२.१९ बिन्दुले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *