पहिलो टी २० क्रिकेटमा नेपाल ‘ए’ २१ रनले पराजित

Sharing is caring!

चैत १६, २०८० । लोकेश बमले शतक बनाएको आयरल्याण्ड ए (वुल्भ्स) विरुद्धको पहिलो टी २० क्रिकेटमा नेपाल ए पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपाल लक्ष्य पच्छ्याउने क्रममा २१ रनले पराजित भएको हो ।
आयरल्याण्डले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो । आयरल्याण्डका पिटर मोरले ४९ रन बनाउँदा केड कार्मिचेल र निल रकले ३८–३८ रन बनाएका थिए ।

यसैगरी स्टेफन दहानील्े ३४ रन जोड्दा ग्रेथ डेलनीले ३० तथा गाभिन होएले १८ रनको टआउट पारि खेले । नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले एक एक विकेट लिए ।
२२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि ओपनर लोकेश बलमे शतकीय पारि खेले पनि उनले साथ पाएनन् । लोकेशले ५६ बल फेस गर्दा ८ छक्का र ९ चौकाको मद्दतले १०६ रनको शानदार पारि खेले ।

कप्तान विनोद भण्डारी १६ रन बनाएर आउट भए भने आरिफ शेखले मिडिल अर्डरमा ४९ रनको पारि खेले ।
अन्य खेलाडीले दोहोरो अंकमा रन कटाउन नसक्दा नेपाल अन्ततः १९.३ ओभरमा सवै विकेट गुमाएर २०१ रनमा रोकियो । नेपालका देव खनाल, रसिद खान, कमलसिंह ऐरी र हेमन्त धामीले खाता खोल्न सकेनन् । अर्जुन घर्ती ३, बसिर अहमद ३, किरण ठगुन्ना २ तथा सागर ढकालले १ रन बनाए ।

आयरल्याण्डका फिनोन हान्ड र म्याथ्यु हमप्रेसले तीन तीन विकेट लिए भने म्याथ्यु फोस्टरले दुई विकेट हात पारे । जितसँगै आयरल्याण्ड ए ले तीन खेलको टी २० सिरिजमा १–० को अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *