एसिया कप : क्रिकेटमा महारथ प्राप्त मुलुक भारतसँगको नेपालको प्रदर्शन तारिफयोग्य

Sharing is caring!

भदौ १८, २०८० । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले बर्षाले खेल अवरुद्ध हुन अघि ३७ ओभर ५ बल खेलेर ६ विकेटको खर्चमा १ सय ७८ रन बनाएको छ । उनले ८८ बलको सामना गर्दै ७ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।

आसिफ ५८ रन बनाएर मोहम्मद सिराजको बलमा विराट कोहलीद्वारा क्याच भएर बाहिरिएका थिए । आफिप पछि नेपालका लागि सर्वाधिक ३८ रन कुशल भुर्तेलले बनाए । आसिफसँगै ओपनिङमा आएका भुर्तेलले २५ बल खेलेर २ छक्का र ३ चौकाको सहयोगमा उक्त रन बनाएका थिए ।

भीम सार्की ७ रन बनाएर बाहिरिदा कप्तान रोहित पौडेलले ५ रन मात्र बनाए । यस्तै कुशल मल्ल २ रनमा आउट हुँदा गुलशन झाले २३ रन बनाए । गुलशनले ३५ बल खेलेर ३ चौकको सहयोगमा उक्त रन बनाए । बर्षाले खेल विथोल्न अघि दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रन बनाएर मैदानमा छन् । ऐरीले २० बल खेलेर ३ चौका हानेका छन् भने २० बल खेलेर १ चौकाको सहयोग लिएका छन् ।

भारतीय बलरहरुमा रबीन्द्र जडेजाले ३, मोहम्मद सिराजले २ र शार्दुल ठाकुरले १ विकेट लिएका छन् । क्रिकेटमा महारथ प्राप्त मुलुक भारतसँग नेपालले एसिया कपको पहिलो भेटमा नै गरेको प्रदर्शनलाई धेरैले तारिफ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *