राज संस्था, हिन्दू राष्ट्रको पुनस्थापना र संघीयता खारेजीको माग गर्दै राप्रपाले वृहत् प्रदर्शन गर्ने

Sharing is caring!

भदौ १८, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गौवंश देशमा भ्रष्टाचार, महङ्गीको अन्त्यको मागसहित भदौ २७ गते भृकुटीमण्डपबाट बृहत् प्रदर्शनको तयारी गरिरहेको बताएका छन् ।

आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौ जिल्ला समितिको बैठक पश्चात अध्यक्ष लिङदेनले देशभर धार्मिक र नागरिक समाजहरुबाट जुन हिन्दुत्वको रक्षा, गौवंश हत्याको विरुद्ध ¥यालीहरु प्रदर्शनहरु भईरहेको त्यसमा ऐक्यवद्धताको लागि बृहत ¥याली निकाल्ने निर्णय गरेको बताए ।

उनले भने, राप्रपाले अहिले देशभर धार्मिक र नागरिक समाजहरुबाट जुन हिन्दुत्वको रक्षाको लागि, गौवंश हत्याको विरुद्ध ¥यालीहरु प्रदर्शनहरु भईरहेको छ त्यसमा ऐक्यवद्धता प्रदर्शन गर्न, देशमा भ्रष्टाचार, महङ्गीको अन्त्यको माग गर्न राज संस्था, हिन्दू राष्ट्रको पुनस्थापना र संघीयताको खारेजी, देशभित्रै युवालाई रोजगारीको सिर्जना जस्ता विषयहरु लिएर भदौ २७ गते भृकुटीमण्डपबाट बृहत प्रदर्शनको तयारी गरिरहेको छ ।

यस्तै, उनले उक्त ¥यालीको तयारीको लागि वागमती प्रदेश अध्यक्ष विक्रम थापाको अध्यक्ष आन्दोलन तथा ¥याली सञ्चालन परिचालन समिति गठन गरेको पनि बताए । उनले भने, त्यसको सन्दर्भमा आज काठमाडौं उपत्यकामा उपलब्ध रहनु भएका पार्टीका नेता, कार्यकर्ता साथीहरुको भेला थियो त्यसले वागमती प्रदेश अध्यक्ष विक्रम थापाको अध्यक्ष आन्दोलन तथा ¥याली सञ्चालन परिचालन समिति गठन गरेको हो ।

यस्तै, उक्त बैठकमा पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो समय अग्रगमनको नाममा घातक विष जसरी छरिएको छ त्यसको विरोधमा बृहत ¥याली निकाल्न लागिएको बताए । उनले भने, देशमा जुन किसिमको शान्ति र स्थिरता थियो त्यो धेरै राम्रो थियो तर पछिल्लो समयमा आएर अग्रगमनको नाममा घातक विष जसरी छरिएको छ । त्यसको विरुद्ध तत्कालको समयमा भन्दा गौहत्याको विरुद्ध, संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र पुन स्थापित नगरिकन यो देशको दीर्घकालीन विकास हुदैँन् भन्ने हाम्रो मान्यता हो त्यो मान्यता स्थापित गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र युवाहरु देशमा रोजगारी उपलब्ध गराउँनको लागि बृहत ¥याली गर्दैछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *