टिकापुर घट्नबारे गिरिशचन्द्र लालको प्रतिवेदन बाहिर ल्याउनुपर्छ: अनिल झा

Sharing is caring!

फागुन २९,२०७५ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधनलगायतका आफूहरुको मुख्य मागहरु अहिलेसम्म सम्बोधन नभएको भन्दै कडा आक्रोश पोखेका छन् । उनले भने,‘राजपा शान्तिपूर्ण आन्दोलनको लाईन छोड्दैन् । हाम्रा मागहरु पूरा भएका छैनन् ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै झाले यस्तो बताएका हुन् । उनले भने,‘अब कडा आन्दोलन कहिले गर्ने भन्ने सवाल जो छ, यो कुरा समयमा प्रकट हुने नै छ । अहिले रेशम चौधरीको कुरा पनि त्यही मधेश र थरुहट आन्दोलनसँग जोडिएको टिकापुर घट्नामा आधारित भएर भएको हो । त्यसरी टिकापुर घट्नामा आधारित भएर भएको रेशम चौधरीलाई आजिवन कारावास सजाय, रेशम चौधरी कुनै अपराधिक गतिविधिमा संलग्न व्यक्ति थिएनन् ।’

साक्षात्कारमा बोल्दै उनले टिकापुर घट्नामा चौधरी संलग्न पनि नभएको जिकिर गरे । झाले थपे,‘जुन दिन त्यो घट्ना भयो । त्यो दिन रेशम चौधरी टिकापुरमा छैनन् । अर्को दिन, थारुहरुको जुन प्रकारको स्मिता, सम्पत्ति, ईज्जत सबै लुटियो । त्यो घट्नाको बास्तविकताबारे गरिशिचन्द्र लाल आयोगको प्रतिवेदनले समेटेको छजस्तो मलाई लाग्दछ । त्यसैकारण हामी अहिले भनिरहेका छौं, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर ।’

उक्त आयोगको प्रतिवेदन सार्वजनिक भयो भने रेशम चौधरीलगायत सबै निर्दोष सावित हुने उनको विश्वास छ । उनले भने,‘त्यो आयोगको प्रतिवेदन सार्वजनिक भयो भने कमसेकम जिल्ला अदालतले जे फैसला गर्यो –गर्यो । मलाई लाग्छ, उच्च अदालतले त्यो प्रतिवेदनलाइ पनि पक्कै पनि हेर्नेछ । र, मुद्दाको सबै अंग, सबै घट्नाक्रम हेरिसकेपछि रेशम चौधरी भोलिको दिनमा निर्दोष सावित हुनेछन् ।’

आफ्नो पार्टीले पनि गिरिशचन्द्र लाल नेतृत्वको छानबिन आयोगको प्रतिवेदन (जुन मधेश र थरुहटसँग सम्बन्धित थियो) त्यो सार्वजनिक गर्न माग गरिरहेको झाले जनाए ।

उनले थपे,‘हामी कुनै पूर्व सहमति नभएमा संसदमा फेरि पनि त्यसको विषयमा कडा आवाज उठाउने नै छौं । जहाँसम्म रेशम चौधरीलाई भैसकेको सजाय छ, कुनैपनि तहको अदालतले हामी विधिको शासन मान्नेहरुको बारेमा गर्ने फैसला र निर्णयलाई हामी स्विकार गर्दछौं ।’
झाले अघि थपे,‘तर, त्यो निर्णयबाट राजपा र रेशम चौधरीलगायतका जतिपनि अहिले फैसलाबाट जो–जो मर्माहत भएका छन् । ती सबै पीडितहरुको तर्फबाट उच्च अदालतमा चाँडै नै फेरि पनि सुनुवाईको लागि आग्रह गरिनेछ । मुद्दालाई त्यसभन्दा माथिको कोर्टमा लगिनेछ । र, हामीलाई विश्वास छ, पक्कै पनि यी अहिले दोषी कहलिएका रेशमजी लगायतका साथीहरु निर्दोष सावित हुनुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *