बझाङ भूकम्प : बेपत्ता महिलाको शव फेला

Sharing is caring!

असोज १७, २०८० । बझाङमा भूकम्पपछिको सुख्खा पहिरोमा परेर मंगलबार देखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

टिमुर टिप्न मंगलबार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव बुधबार प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर दीपेश चौधरीले जानकारी दिए ।

इन्स्पेक्टर चौधरीको नेतृत्वमा उनको खोजीका लागि टोली खटिएको र पहिरोमा च्यापिएको अवस्थामा फेला परेको जानकारी उनले दिए । भूकम्पबाट बझाङमा मात्रै हालसम्म ३ सय ३६ भौतिक संरचनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।

तर,जिल्ला प्रहरी कार्यालयले भने भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा बढी भौतिक संरचनामा क्षति पुगेको विवरण संकलन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *