भिक माग्दैमा राजतन्त्र फर्कदैन: जर्नादन शर्मा

Sharing is caring!

भदौ १९, २०७६ । पूर्व शान्ति तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कसैले भिक माग्दैमा राजतन्त्र नफर्किने बताएका छन् । जनताले अस्वीकार गरेको राजतन्त्र कुनै पनि हालतमा नफर्किने भन्दै संघिय गणतन्त्र विरोधी काम नगर्न आग्रह गरे । उपलब्धीलाई विर्सेर भड्कीएमा आफैले प्राप्त गरेको अधिकार र स्वतन्त्रतता गुम्ने खतरा हुने भन्दै कसैको बहकाउमा लागेर सामाजिक संजालमा जथाभावी नलेख्न आग्रह गरे ।

दाङको हापुरेमा रिपोटर्स क्लव दाङ र बवई गाउँपालिकाको संयुक्त आयोजनामा भएको सम्मेलनमा बोल्दै उनले भने, जनताको विजय हासील गर्न हापुरेमा पहिलो पटक शान्ती वार्ता गरिएको भन्दै हापुरेबासीले उठाएको संविधान सभा र संघिय लोकतान्त्रीक गणतन्त्रको माग पुरा भएको बताए । संघिय लोकतान्त्रीक गणतन्त्रको विकल्प संघिय लोकतन्त्रीक गणतन्त्र नै भएको उनले बताए ।

फरक प्रसंगमा उनले विप्लव माओवादीलाई वार्तामा आउन आग्रह गरेका छन् । हत्याँ र हिंसा बमले माग पुरा गर्न नसकीने भन्दै शान्तिपूर्ण ढंगले गरिने संगठन निर्माणका लागि आफनो पार्टीले सहयोग गर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता तथा नागरिक अगुवा दमननाथ ढुङ्गानाले इतिहास त्रुटीपूण रहेको बताएका छन् । परिवर्तन ल्याउनेहरुले नै परिवर्तन टिकाउन नसक्नु इतिहासको त्रुटीपुर्ण कार्य रहेको उनले बताए । वन्दुकबाट परिवर्तनको आश नगर्न आग्रह गदै उनले परिवर्तन बचाउनु नै महानता भएको बताए ।

तत्कालिन विद्रोही माओबादि र सरकार पक्ष बिच पहिलो पटक भएको बार्ता स्थल दाङको हापुरेमा १६ बर्षपछि शान्ति र समृद्धि सम्मेलनको आयोजना गरिएको छ । २०६० साउन २९ र ३० गते तत्कालिन विद्रोही माओवादी र सरकार पक्ष बिच वार्ता भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *