देउवा–कोइरालाबीच विवाद किन बढ्यो ?

Sharing is caring!

असोज ४, २०८० । कांग्रेस नेता डा. शेखर कोइरालाले बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर ‘चरम असन्तुष्टि’ व्यक्त गरे। अब नसच्चिए सहकार्यसमेत नगर्ने भन्ने चेतावनी नै देउवालाई दिए। डा. कोइराला देउवासँग यति धेरै असन्तुष्ट किन त रु कोइराला पक्षधर एक केन्द्रीय सदस्य भन्छन्– ‘पार्टी, भ्रातृसंगठन र राजकीय अवसरमा संस्थापन पक्षले एकलौटी गर्‍यो। त्यसैकारण हामी अब चुप लागेर बस्दैनौं।’ बिहीबारबाट बस्ने केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका एकतर्फी निर्णयको विरोध गर्ने कोइराला पक्षधर नेताहरू बताउँछन्।

पार्टीको १४औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएपछि कोइरालाले पार्टीमा ४० प्रतिशत भाग माग्दै आएका छन्। तर, देउवाले त्यसलाई ठाडै अस्विकार गरेपछि कोइराला समूह देउवासँग असन्तुष्ट बन्दै आएको छ। मन्त्री चयनमा पनि देउवाले सल्लाह नै नगरी सिफारिस गरेको भन्दै कोइराला समूहले असन्तुष्टि जनाएको थियो। त्यसबेला कोइराला समूहले तीनजना मन्त्री आफ्नो भागमा पर्नुपर्ने माग गरेको थियो। तर, देउवाले दुई जना मात्रै बनाए।

त्यसपछि देउवाले पार्टीका महत्वपूर्ण भ्रातृसंगठनहरू नेविसंघ, तरुण दल र महिला संघमा सभापतिसहित ठूलो संख्यामा केन्द्रीय सदस्य मनोनीत गरे। त्यसमा पनि आफ्नो पक्षलाई बेवास्ता गरेको कोइराला समूहको बुझाइ थियो। हालैमात्र संघीय संसद्का समिति सभापति छनोटमा पनि कोइराला समूहले माग गरेअनुसार देउवाले मानेनन्। कोइराला समूहले २ सभापति मागेको थियो। तर, देउवाले एक जना सुनुवाइ समितिको सभापतिमा जीवन परियार० लाई मात्रै प्रस्ताव गरे। परियारले सभापति पद नै अस्विकार गरे।

त्यसो त कोसी प्रदेश सरकार गठनको प्रक्रियामा समेत देउवा र कोइरालाबीच नीतिगत व्यवस्थामै बिमति देखियो। कोसी प्रदेशसभाका सभामुखलाई
मत हाल्न लगाउने निर्णय गलत भएको भन्दै कोइरालाले असन्तुष्टि जनाए। यस्तै, कोइराला समूहले प्रदेशका मुख्यमन्त्री र मन्त्री छनोटमा पनि संस्थापन पक्षले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ।

संस्थापन पक्षले एकतर्फी पेलेको भन्दै कोइरालाले मंगलबार आफ्नो समूहको भेला बोलाएका थिए। त्यस क्रममा उनी पक्षधर नेताहरूले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बताएका थिए। सोही सन्देशसाथ कोइरालाले बुधबार पार्टी सभापति देउवासँग भेट गरेका थिए। करिब आधा घण्टा भएको भेटमा कोइरालाले पार्टीलाई एकलौटी ढंगले चलाउने हो भने अब चुप लागेर नबस्ने ‘चेतावनीपूर्ण’ भाषाको प्रयोग गरेका थिए।

कोइरालाको भनाइ उल्लेख गर्दै भेटमा सहभागी नेताले भने, ‘तपाईं (सभापति देउवा) विधानअनुसार चल्नुभएन। नेविसंघ र तरूण दल विधानविपरीत बनाइएको छ। सरकारमा मन्त्री पठाउने बिषयमा पनि एउटा विषयमा सहमति हुन्छ। पछि अर्कै व्यक्ति पठाउनुहुन्छ। समन्वय र छलफल हुँदैन। किन रु’ कोइरालाले अब नसुध्रे सहकार्यसमेत नहुने चेतावनीको भाषासमेत प्रयोग गरेको सहभागी नेताले जनाए। भेटमा सँगै गएका पार्टीका सहमहामन्त्री जीवन परियारले पार्टीको आन्तरिक राजनीतिको विषयमा कुराकानी भएको जानकारी दिए। परियारले भने, ‘पार्टीभित्र एकलौटी प्रवृत्ति हुनुभएन। तरुण दल, महिला संघमा सहमति र विधानविपरीत मनोनीत गर्ने काम भयो। पार्टीलाई विधिअनुसार चलाउनुपर्‍यो। यस्तै भइराखे जनताको विश्वास पार्टीप्रति घट्दै जान्छ भनेर शेखर दाइले कुरा राख्नुभयो।’ सभापति देउवाले भने आफू सबैलाई समेटेर अघि बढ्न तयार नै रहेको जवाफ दिएका थिए।

यसअघि साउन पहिलो साता बसेको केन्द्रीय कमिटीको बैठकमा १० एजेन्डा थिए। त्यतिबेला लामो समयदेखि हुन नसकेको बैठकमा इतर समूहले कुनै रणनीतिक भेला नबसी बैठकमा गएको थियो। सभापति देउवाले बैठक प्रत्यक्ष प्रसारण गरिदिएपछि इतर समूहको प्रतिनिधित्व अति न्यून देखिएको थियो।

त्यसैले यसपालि इतर समूह ३ मुख्य रणनीति लिएर बैठकमा जाने तयारीमा छ। पहिलो, सरकारका काम र निर्णय न्यून प्रभावकारी भएको विषय उठान गर्ने। दोस्रो, पार्टीको कार्ययोजनाको पूर्ण कार्यान्वयनको पक्षमा अडान लिने र तेस्रो सभापतिको कार्यशैलीमा बिमती राख्ने। यिनै विषयमा कुरा राख्न देउवा निवास धुम्बाराहीमा इतर समूहका अन्य नेताहरू लिएर कोइराला पुगेका थिए। कोइरालाले उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारलाई साथै लगेका थिए। देउवासँगको भेटमा महामन्त्री गगन थापा भने थिएनन्।

सभापति देउवाले तरूण दल ४ सय १ सदस्यीय र नेविसंघ ७ सय ११ सदस्यीय बनाइएकोमा कोइराला पक्षले तीव्र असन्तुष्टि जनाउँदै आएको छ। महिला संघमा पनि विवाद उत्तिकै चुलिएको छ। इतरसमूहको मुख्य असन्तुष्टि भनेको समझदारीविपरीत ठूलो संख्यामा भ्रातृसंस्थामा मनोनीत गर्दा समझदारी गरेर महिला संघ, तरूण दल र नेविसंघमा मागिएका नाम नहालेकोमा हो। एक नेताले भने, ‘विधान मिच्ने खालका विषयमा हाम्रो सहमति छैन। त्यस्ता विषयमा सभापतिजीले एक्लै निर्णय गर्दै आउनुभएको छ।’

बुधबारको भेटमा शेखरले प्रमुख प्रतिपक्षका कुरा पनि नसुन्ने स्वतस्र्फुत निर्णय गर्ने तपाईंको व्यवहारमा सुधार आउँछ कि यस्तै हो ? भनेका थिए। यो खबर अन्न्पूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *