कोशी,बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

Sharing is caring!

असोज ४, २०८० । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहेको विभागले जनाएको छ ।

हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागहरुमा मौसम सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन-चटयाङ सहित हल्का वर्षा भैरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी,लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको पनि विभागले उल्लेख गरेको छ ।

यस्तै आज राती देशभर मौसम आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *