कांग्रेसलाई बहुमत ल्याउने पार्टी बनाउनुपर्छ : सभापति देउवा

Sharing is caring!

चैत २४, २०८० । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा उनले बलियो पार्टी निर्माण गर्नु अहिलेको आवश्यकता भएको भन्दै त्यसको लागि सबैलाई कम्मर कसेर अगाडि बढ्न अनुरोध गरे ।

उनले भने, ‘वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रो लागि अपरिहार्य भएको छ । त्यसैले सबै पार्टीका साथीहरु एक भएर लाग्नुहोस । आपसी समझदारी, समन्वय कायम गर्दै देशभर पार्टी जित्न आवश्यक छ । त्यसकारण बहुमत ल्याउनको लागि कम्मर कसेर अगाडि बढ्न अनुरोध गर्दछु ।’
आपसमा घात, अन्तरघात नगरेर एक भएर पार्टीलाई एक्लै लग्नुपर्ने अवस्था आएको पनि उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *