स्वास्थ्य विमाबारे प्रधानमन्त्रीलाई बुझाउनै सकिएन : गगन थापा

Sharing is caring!

चैत २४, २०८० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रुपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता पनि व्यवहारमा भने लागु हुन नसकेको गुनसो गरे ।

उनले भने,‘संविधानमा हामीले स्वास्थ्य मौलिक हक हो भनेर लेख्न त सक्यौं । तर संविधानमा लेख्न जति सजिलो भयो त्यसलाई व्यवहारमा प्राप्त गर्ने कुरा त्यति नै कठिन भयो ।

उनले गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन नपारोस् भनेर स्वास्थ्य बिमा अगाडि सारेको बताए । तर स्वास्थ्य बिमाको अवधारणा नै बुझाउन नसकिएको उनको भनाई छ ।

उनले भने,‘गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन परेको तथ्यहरुले बताउँछ । यही कुरालाई सम्बोधन गर्नका लागि हामीले स्वास्थ्य बिमा अगाडि सारेको हो । तर स्वास्थ्य बिमाको अवधारणा नै नेपालमा बुझाउन सकिएन प्रधानमन्त्रीलाई पनि बुझाउन सकिएन । नीति निर्मातालाई पनि बुझाउन सकिएन ।’

परिवर्तन अभियान नेपालको आयोजना र एसियन मेडिकल स्टुडेन्ट एसोसिएसन नेपालको सहकार्यमा भएका कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले स्वास्थ्य क्षेत्रमा राज्य संवेदनसिल बन्नुपर्ने धारणा राखे । स्वास्थ्य शिविरको अगुवाइ गरेका कांग्रेस युवा नेता सुशिल भट्टले संविधानले नै व्यवस्था गरेको स्वास्थ्य अधिकारलाई राज्यबाट नै दुरुपयोग भएको गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *