सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक पारित

Sharing is caring!

असार १८, २०७५ । प्रतिनिधिसभा बैठकले  बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले शान्ति प्रक्रियाका केही काम अझै टुङ्ग्याउन बाँकी रहेकाले विधेयक ल्याउनुपरेको बताउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असार २० गते अपराह्न १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *