प्रम ओलीले भने- देशलाई विधिको शासनमा हिँडाउने प्रयत्नरत छु

Sharing is caring!

साउन १, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विधिको शासनमा हिँडाउने प्रयत्नरत छु । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँगको भेटघाटमा “संविधान, नियम, कानून र विधिअनुसार सरकारले काम गर्छ, जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन,”  “वर्तमान सरकारले देशलाई सही बाटोमा हिँडाइ सुशासन ल्याउन प्रतिबद्ध रहेको र त्यसबाट आफू बिचलित नहुने प्रधानमन्त्री ओलीले स्पस्ट पार्नुभयो।

उहाँले जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह नभएको उल्लेख गर्दै सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधी, सामाजिक न्याय हुन नदिनेले सरकारका विरुद्ध अफवाह फैलाएका छन्, पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ भन्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, दुई-चार महिनामै समृद्धि हासिल नहुने  भएकोले सबैमा धैर्य गर्न आग्रह गर्दै “चुनावभन्दा अघिका सरकारले देशमा जथाभावी नियुक्ति गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेने  छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *