प्रधानमन्त्री दाहालले गरे न्युयोर्कमा रहेका गैरआवासीय नेपाली समुदायसँग छलफल

Sharing is caring!

असोज ४, २०८० । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ मुख्यालय न्युयोर्क गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली समुदाय,व्यवसायी तथा विज्ञसँग छलफल गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डलको स्वागत् तथा सम्मानमा नेपाली महावाणिज्यदूतावासले न्युयोर्कमा आयोजनामा गरेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली समुदाय, व्यवसायी तथा विज्ञसंग प्रधानमन्त्री दाहालले विविध विषयमा छलफल गरेका हुन् ।

‘दाहालले महामारी रोकथाम,तयारी र प्रतिक्रिया’ विषयक छलफललाई सम्बोधन गरेका हन् ।
संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दाहालसँग परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायतको टोली न्यूयोर्कमा छन् ।

प्रधानमन्त्री प्रचण्डले आज महासभालाई सम्बोधन गर्दैै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *