पठनपाठन अवरुद्ध गर्नेलाई कारबाही गरिने बालेन्द्र साहको चेतावनी

Sharing is caring!

असोज ३, २०८० । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध पु¥याउनेलाई कानुनअनुसार कारबाही हुने चेतावनी दिएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा प्रमुख साहले शिक्षा विधेयकमा आफ्नो पनि असहमति रहेको तर, विद्यालय संचालनमा अवरोध गर्न नहुने बताएका हुन् । सबै भूगोलको लागि एकै किसिमको शिक्षा ऐन जारी हुँदा आफ्नो पनि असहमति रहेको उनको भनाई छ ।

‘झन्डै २ लाख ५० हजार हजार विद्यार्थी र दश हजारभन्दा धेरै शिक्षक हाम्रो मातहतमा छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ।’

यसैगरी, उनले शिक्षा विधेयकमा असन्तुष्टि भएता पनि शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउन भनेका छन्। ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपु¥याउनुहोला,’ उनले लेखेका छन्, ‘यस्ता अवरोध पु¥याउनेलाई कानुनअनुसार कारबाही हुनेछ।’

स्थानीय तहले आफ्नो आवश्यकता अनुसार शिक्षा नीति बनाउने अधिकार समेत रहेको उनले उल्‍‍लेख गरेका छन्।
यस्तै, बालेनले स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतका फैसलाबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *