वीरजंग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

Sharing is caring!

असोज ३, २०८० । नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासंघले वीरजंग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने भएको छ ।

महासंघले आज पत्रकार सम्मेलन गरी आगामी असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँ बसपार्कस्थित् ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा प्रतियोगिता हुने जानकारी दिएको हो। वीरजंग नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य थिए ।

‘आजीवन क्रान्तिका लागि तत्पर रहनु हुने एक क्रान्तिकारी योद्धा वीरजंगको स्मृतिमा हामीले यो प्रतियोगिता आयोजना गर्न गइरहेका छौं,’ महासंघका महासचिव विनोद चन्दले भने ।

नयाँ प्रतिभाको खोजी एवं विकासमा जोड दिने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
करिब २५ लाख खर्चमा हुन लागेको सो प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख, द्धितीय पुरस्कार दुई लाख ५० हजार, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको महासंघले जनाएको छ ।

साथै, उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच-पाँच हजार पुरस्कारको व्यवस्था रहेको महासंघले जनाएको छ। उक्त प्रतियोगिताको जम्मा पुरस्कार राशी नौ लाख ५० हजार रुपैयाँ बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *