संविधान दिवस विशेष : जन आन्दोलनका घाइतेको रोदन, उपचारमै समस्या [अन्तरवार्ता]

Sharing is caring!

असोज ३, २०८० । ढाल बहादुर बस्नेत २०६२-६३ को आन्दोलनमा गोंगबुमा गोली लागि गम्भीर घाइते भए । आज शरीरमा गोली बोकेर बाँचेको १७ वर्ष पुग्यो । सरकारले दिएको स्वास्थ्य उपचारको सुविधा लिन पनि अनेकौं हन्डर खानु परेको उनको गुनासो छ । त्यतिमात्रै होईन्, एउटा भएको ह्वीलचियर पनि जिर्ण छ । अस्पताल जान ट्याक्सी प्रयोग गर्ने सामथ्र्य छैन् । ह्वीलचियर देखेपछि सार्वजनिक सवारी साधनले हम्मेसी चढाउनै मान्दैनन्। भएको ह्वीलचेयर पनि भाचिन थालेको छ । शारीरिक रुपमा कमजोर भएकै कारण आफ्नो पुख्र्यौली सम्पति समेत अरुले खाएको भनाई छ ।

आफ्नो मात्रै नभई समग्र नागरिकको जीवनमा परिर्वतन भन्ने आशाका साथ आन्दोलनमा होमिएका बस्नेतलाई आज ठुलो पछुतो छ । विदेश जान पासपोर्ट बनाएर काठमाडौं आएका बेला आन्दोलनमा सहभागि भएका उनलाई आज विदेश गएर फर्किएको भए । परिवारका हरेक सदस्यको जीवनमा खुसियाली भर्न सक्थेँ कि भन्ने लागेको छ ।
सबैको हितका लागि भनेर लडियो तर नेताहरुका लागि मात्रै लडेको जस्तो भयो भन्ने उनलाई लागेको छ ।

एक जना कुरुवा र आफुलाई समेत गरी सरकारले दिएको १८ हजारले ४ जना छोरा छोरी पढाउने की कोठा भाडा तिर्ने ? उनी दुखेसो गर्छन् । परिवारको गुनासो पनि उस्तै छ । श्रीमती भगवती बस्नेतले १७ वर्षदेखि आफूले श्रीमानको प्राण जोगाउनका लागि प्रयास गर्दै आएपनि राज्यको तर्फबाट सोचे जस्तो सहयोग नपाएको गुनासो गरिन् ।
संविधानमा जति सुकै अधिकारका कुरा गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको उनको भनाई छ ।
(ढाल बहादुर र उहाँकी श्रीमतीसंग गरिएको कुराकानी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *