राजनीतिक संरक्षणमै अपराध बढ्यो : पूर्व डिआईजी खनाल

Sharing is caring!

असोज २०, २०८० । पूर्व डिआईजी तथा एमाले नेता सर्वेन्द्र खनालले राजनीतिक संरक्षणकै कारण आपराधीक क्रियाकलाप बढेको ठोकुवा गरेका छन् । राजनीतिक संरक्षणमा हुने आपराधिक क्रियाकलापका कारण देशमा शान्ति सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेको र समाजमा अपराधले राजनीतिलाई चलाउने गरेको सन्देश गएको ठोकुवा उनले गरेका छन् ।

आज काठमाडौंमा सञ्चारकर्मीसँग उनले जन्मकैद पाएका व्यक्तिलाई सरकारले दिएको आममाफी, ठूला भ्रष्टाचार काण्डमा सरकार पक्षको संलग्नता र ढाकछोप जस्ता विषयले अपराधले राजनीतिलाई चलाउने सन्देश समाजमा गैरहेको बताए ।

उनले आफ्नो कार्यकालमा रेशम चौधरीलाई छोड्न दबाब आएपनि नछोडेको स्पष्ट पार्दै भने, ‘सरकारमा गठजोड मिलाउन पर्यो, अङ्क मिलाउन पर्यो भनेर अपराधीलाई छोड्ने गर्न त भएन नि । प्रहरीले अनेक गरेर समातेर सर्वोच्च अदालतमा समेत फैसला आएको कुरालाई अपराधीलाई छोड्दिदै जाने ? के का आधारमा भन्दा जतिखेर उहाँहरुलाई चाहिन्छ आवश्यकता पर्छ त्यतिखेर अपराधी छोड्दिने ?’

उनले सरकारले अपराधीलाई कैद मिनाह गरी आममाफी गरेको विषयले अपराधीले सरकार र राजनीति चलाइरहेको सन्देश गएको टिप्पणी गरे । ‘अपराधीलाई राजनीतिकरण जुन किसिमले गरिएको छ र अपराधले राजनीतिलाई चलाउने, अब म आए आत्तिनु पदर्नै भन्ने खालको सन्देश सरकारले दिदै जान्छ । निमुखालाई मात्रै कानून लाग्ने ?’
देशमा शान्ती सुरक्षा नै राम्रो नभएको परेकोले जनता देशमा बस्न नचाहेको भन्दै खनालले शान्ती सुरक्षाको अवस्था जर्जर भएको आरोप लगाए ।

‘देशलाई ऋणमा डुवाइदिएका छन् । आय आर्जनको कुनै क्षेत्र छैन । पढे लेखेका विद्यार्थी पनि बाहिर पलायन भएका छन् । राम्रा पढेकाहरु बाहिरबाट यहाँ आएर काम गर्ने वातावरण छैन । हुँदाहुँदै शान्ती सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेपछि यहाँ को बस्न खोज्छ र ? मानिसले सबैभन्दा पहिला सुरक्षा खोज्छन्, बाँचु भन्छन, त्यो अवस्थामा मै राख्न नदिनि अब ?’, खनालले भने ।

उनले प्रहरीले अनुसन्धान गरी दोषी ठहर भएका अपराधीलाई सरकारले छोड्दा सम्बन्धित निकाय चुप बस्ने प्रवृति राम्रो नभएको धारण पनि राखे । खनालले भने, ‘प्रहरीले पनि अपराधीलाई छोड्ने कुरामा यो हुन्छ यो हुन्न भन्ने कुरा दह्रोसँग गर्नुपर्यो नि । प्रहरी संगठनका मान्छेले अपराधी समात्न सबैले खटेर, ज्यान हत्केलामा राखेर काम गरेका छन् नि । सबैलाई छोड्दिने हो भने किन प्रहरीले अपराधी समात्ने ? सबै सरकारलाई छोड्दिए भौगो नि, अपराधीको करार पनि उनिहरुले नै गरुन,अभियुक्तलाई ल्याउन परे पनि यसलाई ल्याइदे भनून, कसैको मान्छेलाई बोलाउँदै यसो गर त्यसो गर भन्न पाइन्छ ? अनुसन्धान गरेको विषयमा आइजिले पनि यो वा त्यो गर भन्न पाउँदैन, अनुसन्धान गरेको कुरामा अनुसन्धान अधिकृत जिम्मेवार हुन्नुपर्छ । काम गर्नुपर्ने त्यसरी हो । त्यहाँ भएन भने अर्कोले सुपरभिजन गर्ने हो, नराम्रो काम गर्ने बद्मासहरु छुट्न हुदैन भन्ने हो । त्यसकारण यसले संगठनप्रतिको नैतीक पक्षमा असर गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *