सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

Sharing is caring!

असोज २०, २०८० । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बस दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३१ वर्षीय सुमित्रा सुनार र सल्यानको त्रिवेणि गाउँपालिका–६ बस्ने अन्दाजी ४० वर्षीया अनिता बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शनिबार दिउँसो करिब ३ बजे ना६ख ५४६३ नम्बरको बस दुर्घटना हुदाँ अरु १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले भने ‘ दुई जनाको ज्यान गएको छ ।१४ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ।’

दाङको तुलसीपुरबाट सल्यानको जयचौरका लागि छुटेको उक्त बस सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै दुर्घटना भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *