खेल क्षेत्रबाट नै देशलाई विश्वसामु चिनाउन सकिन्छ : अध्यक्ष नेपाल

Sharing is caring!

असोज २०, २०८० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले खेल क्षेत्रबाट नै देशलाई विश्वसामु चिनाउन सकिने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीद्धारा आयोजित नेकोस खेलकुद महोत्सवलाई सम्बोधन गर्दै उनले खेल देशभित्र मात्र सिमित नभई अन्तराष्ट्रिय पर्यटनमा समेत योगदान पु¥याउने भन्दै खेल क्षेत्रबाट नै देशलाई विश्वसामु चिनाउन सकिने बताएका हुन् ।

उनले भने,‘खेल देशभित्र मात्र सिमित हुँदैन् । अन्तराष्ट्रिय पर्यटनमा पनि खेल क्षेत्र महत्वपूर्ण छ । नेपाललाई विश्वसामु चिनाउँनका लागि पनि महत्पूर्ण छ । नेपाल राष्ट्रको नाम ईज्जतमाथि उठाउन पनि महत्वपूर्ण छ ।’

अध्यक्ष नेपालले खेलाडिले आफ्नो निम्ती मात्र नभई देशको निम्त्ति पनि योगदान पु¥याउनु पर्छ भन्ने भावनाका साथ अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘खेलाडिले आफ्नो निम्ती मात्र होईन । देशको निम्त्ति पनि योगदान पु¥याउनु पर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्छ । अनुशासनको पाठ सिक्ने र जिते पनि हारे पनि मित्रता कायम गर्नुपर्छ भन्ने भावना सिक्न सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *