विश्वकप छनोट : लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

Sharing is caring!

असोज ३०, २०८० । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसको घरेलु मैदानमा जित निकाल्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको छ ।

मनिष डाँगीले दोस्रो हाफमा गरेको गोलको सहयोगमा नेपालले १–० को जित निकाल्दै दोस्रो चरणको यात्रा सुनिश्चित गरेको हो । पहिलो लेगमा १–१ को बराबरी खेलेको नेपाल समग्रमा २–१ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

अब नेपालले दोस्रो चरण अन्तर्गत समूह एचमा युएइ, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *