आइपिएलमा हैदरावादको शानदार जित

Sharing is caring!

वैशाख ९, २०८१ । इंडियन प्रिमियर लिग (आइपिएल) मा विष्फोटक ब्याटिङ गरेको सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्स माथि ६७ रनको शानदार जित निकालेको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६६ रनको चौथो ठूलो योगफल खडा गरेको थियो। जारी आइपिएल इतिहासमा पहिलो धेरै रन बनाउने टोली पनि हैदरावाद नै हो ।

पावरप्लेको ६ ओभरमा १ सय २५ रन बनाएको हैदरावादका लागि ओपनर द्वय ट्राभिस हेड र अभिषेक शर्माले विष्फोटक सुरुवात गरे । ३२ बलको सामना गरेका हेडले ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रनको पारि खेले भने १२ बलको सामना गरेका शर्माले २ चौका र ६ छक्का प्रहार गर्दै ४६ रनको योगदान गरे ।

यस्तै, शाहवाज अहमदले नटआउट ५९ रन, नितिश रेड्डीले ३७ रनको योगदान गरे। दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ४ विकेट, मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको दिल्ली भने १९ दशमलव १ ओभरमा अलआउट भयो । विशाल रनको लक्ष्य पछ्याएको दिल्लीले १ सय ९९ रन मात्र बनायो । दिल्लीका लागि जेल फ्रेजर-मक्गर्कले सर्वाधिक ६५ रनको पारी खेले । कप्तान ऋषभ पन्तले ४४ रन बनाएर आउट हुँदा अभिषेक पोरेलले ४२ रन जोडे।

हैदरावादको लागि थांगासु नटराजनले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। मयंक मार्कण्डे र नितिश रेड्डीले पनि समान २–२ विकेट लिए। हैदरावाद ७ खेलमा ५ जितसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली सातौं स्थानमा छ।

आईपिएलमा आज २ खेल हुँदैछन्। दिउँसो पौने ४ मा कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *