अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन : राजतन्त्र र रास्वपामाथि प्रहार

Sharing is caring!

वैशाख ९, २०८१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र पक्षधर शक्तिहरुको कठोर आलोचना गरेका छन् । शनिबार ललितपुरको गोदावरीमा सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष राजतन्त्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रहार गरेका छन् । संसदमा चौथो दलको हैसियतमा रहेको रास्वपालाई एमाले अध्यक्ष ओलीले पपुलिष्ट शक्तिको संज्ञा दिएका छन् ।

रास्वपालाई पपुलिष्ट शक्तिको संज्ञा दिएका अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदमा उपस्थिति बढ्नु समेतलाई राजनीतिक अस्थिरतासँग जोडेका छन् । जबकी, गत चुनावमा एमाले र राप्रपाले तालमेल गरेका थिए । अहिले पनि एमाले बिभिन्न प्रदेश सरकार निर्माणमा राप्रपाको साथ खोजिरहेको छ ।

यही बेला ल्याएको राजनीतिक प्रतिवेदनमा एमाले अध्यक्ष ओलीले राप्रपालाई दक्षिणपन्थी दलको रुपमा ब्याख्या गर्दै राप्रपा वैकल्पिक राजनीतिक शक्ति हुन नसक्ने टिप्पणी गरे ।

रास्वपा र राप्रपालाई एकठाउँ राख्ने पर्यास गर्दै ओलीले गत निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति बिस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले लेखेका छन्, ‘निर्वाचनमा प्रियतावादी ‘पपुलिष्ट’ शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दल ९राप्रपा०को शक्ति बिस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेका छन् ।’

राप्रपाप्रति लक्षित गर्दै ओलीले ‘जन्मजात श्रेष्ठतालाई बोक्ने, आफ्नै अयोग्यता, कमजोरीका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना नभएको’ उल्लेख गरेका छन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन, त्यसयताको राजनीतिक घटनाक्रम, एमालेको आन्तरिक गतिविधि लगायतलाई शिलशिलाबद्ध रुपमा समेटेका अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गर्ने दृढता व्यक्त गरे ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गरेका छन् । उक्त बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना प्रतिनिधिहरु सहभागी छन् ।

समाजवादी मोर्चाप्रति अरुची

एमाले अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन मार्फत समाजवादी मोर्चा वा वामपन्थी ध्रुवीकरण तत्काल रुची नरहेको सन्देश दिएका छन् ।

हाल सरकारमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र सरमारमा रहेको नेत्र विक्रम चन्द नेतृत्वको पार्टी समाजवादी मोर्चामा छ । चार दलीय समाजवादी मोर्चाले मोर्चावन्दी गर्दै वामपन्थी ध्रविकरण र एकतासम्मको विषय अगाडि बढाएको छ । समाजवादी मोर्चाले सरकारमा आएपछि नेकपा एमालेलाई समेत सामेल हुन आग्रह गर्दै आएको छ । मोर्चाको संयोजकमा हाल विप्लव छन् । उनले एमालेलाई पत्र नै लेखेर मोर्चामा सहभागिताका लागि आग्रह गरेका छन् ।

तर, राजनीतिक प्रतिवेदनमार्फत ओलीले तत्काल आफ्नो पार्टी समाजवादी मोर्चा वा वामपन्थी ध्रुवीकरण लागि तयार नरहेको सन्देश दिएका हुन् । उनले लेखेका छन्, ‘।।यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुँदैन ।’ तथापि, सहकार्य गहिरो हुँदै जाँदा र विश्वासको वातावरण निर्माण भए आगामी दिनमा एकै ठाउँ हुन सक्ने ओलीको सन्देश छ ।

यसलाई एमालेका नेताहरु पार्टी एकता वा ध्रुवीकरण नभइ एमालेमा प्रवेश गर्नेहरुका सन्दर्भमा स्वागत गर्न तयार रहेको अध्यक्षको राजनीतिक प्रतिवेदनको सार रहेको बताउँछन् । यो खबर मध्यान्हबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *