देशमा राष्ट्रिय हित भन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भयो : अध्यक्ष ओली

Sharing is caring!

असोज २०, २०८० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय हित भन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित विद्युत विधेयक २०८० अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनको व्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम गर्न नहुने भन्दै देशमा राष्ट्रिय हित भन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भएको बताएका हुन् ।

उनले भने,‘अहिले देशमा राष्ट्रिय हित भन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भएको छ । खेल्ने ठाउँ नहोस् जस्ले कानूनको व्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम नहोस् ।’ अध्यक्ष ओलीले विद्युत विधेयक एमाले केन्द्रित होइन देश केन्द्रित भएको दाबी गरे । उनले विधेयकबारे संसदमा प्रतिपक्षको भन्दा पनि राष्ट्रको पक्षमा बसेर राम्रो छलफल गर्ने बताए ।

उनले भने,‘यो विधेयक एमाले केन्द्रित होइन देश केन्द्रित छ । देशको हितलाई केन्द्रमा राखेर यस छलफलको आयोजना गरिएको छ । हामी संसदमा यस विषयमा राम्रो छलफल गर्छौ । हाम्रो भूमिका प्रतिपक्षको होइन राष्ट्रको पक्षमा हुन्छ । उसमा दलिय होइन राष्ट्रिय प्रश्न हुन्छ ।’

विधेयकले विद्युत विकासको आकाङ्क्क्षा उत्पादन र त्यसको बिक्रीका सबै प्रक्रियाहरूमा नेपाललाई नोक्सान नहुने उनको भनाई छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *