राजनीतिक परिर्वतन भएपनि आर्थिक रुपान्तरण भएन : अध्यक्ष नेपाल

Sharing is caring!

असोज ६, २०८० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको दोहो¥याएका छन् ।

समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा नेपालले समाज, आर्थिक र सांस्कृतिक रुपान्तरणविना देशले विकास सम्भव नभएको भन्दै यसमा गम्भीर हुन आवश्यक भएको बताए ।
उनले भने, ‘सामाजिक, आर्थिक र सांस्कृतिक यी तीन वटै क्षेत्रको रुपान्तरण विना देशले विकास गर्न सक्दैन् । हामीले परिकल्पना गरेको समाज निमार्ण गर्न सक्दैनौ । राजनीतिक परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्न बाँकी छ । सोच र आँट हुनुपर्छ, असम्भव केही पनि छैन् तर सोच, संकल्प छैन भने त्यस्तोले केही गर्न सकिँदैन् ।’ त्यस्तै उनले अझै पनि सामाजिक न्याय र समानताका सवालमा धेरै चुनौति भोग्नु परेको भन्दै त्यसतर्फ सबैको ध्यान जान जरुरी रहेको बताए ।

‘हाम्रो देशमा अझै पनि ठूलो समस्या सामाजिक न्याय, सामाजिक समानताको छ । सामाजिम न्याय र समानता नपाएर सहज रुपमा मानव जीवन जिउन नपाएर अरुबाट पीडा सहन पर्ने अवस्थामा रहनु पर्ने कारणले कसरी मानव जीवनलाई राम्रो बनाउने। ’ उनले भने ‘सुखि नेपालीको कल्पनालाई कसरी सफल पार्ने, न्याय कसरी दिने यो सन्दर्भमा धेरै पक्ष रहेको हुन्छ र त्यसमा सरोकारवाला व्यक्ति र संस्थाको ध्यान जानु आवश्यक हुन्छ ।’ उनले जनताको जीवन परिर्वतन नभएसम्म राजनीतिक परिवर्तनको कुनै औचित्य नरहेको तर्क गरे ।

‘जनताको जीवनमा परिवर्तन भएन भने, जनताको जीवन सुखि हुन सकेन भने राजनीतिक परिर्वतनको कुनै अर्थ रहदैँन् । त्यसकारणले पनि कसरी जनताको हितमा काम गर्ने, जनतालाई कसरी यो देशको मालिक बनाउने त्यसको बारेमा संविधानमा त लेखेका छौँ तर त्यसलाई कार्यान्वयन गर्ने ठूलो चुनौती छ ।’ उनले भने ।

मौलिक हकमै व्यवस्था गरिएका कतिपय सवाल समेत व्यवहारमा ल्याउन नसकिएको भन्दै उनले विकासको लहर ल्याउन विदेश जाने युवाहरुलाई रोक्न जरुरी रहेको बताए । ‘हामीले शिक्षा, स्वास्थ्य र रोजगारी जनताको मौलिक अधिकार हो भनेका छौ । तर त्यही कुराहर राज्यले उपलब्ध गराउन सकेको छैन् । रोजगारीको अभावमा युवाहरु विदेश जाने लहरमा छन् । देशमा कसरी विकासको लहर कसरी ल्याउन सकिन्छ त्यो महत्वपूर्ण कुरा हो । विगतमा भएको कमि कमजोरीहरुलाई स्विकार गर्ने हो भने भविष्यमा त्यो गल्ती दोहोरिदैँन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *