सरकारले सभामुखको गरिमा ख्याल नगरेको ओलीको तर्क : सम्मान सरकारमा हुनेलाई मात्रै चाहिने ?

Sharing is caring!

असोज १६, २०८० । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले सभामुखको विदेश भ्रमणका क्रममा आवश्यक कर्मचारी नपठाएर अपमान गरेको भन्दै आक्रोश पोखेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आयरल्यान्ड भ्रमणका लागि सभामुखसंग एकजना पिएलाई मात्रै पठाएको भन्दै उनले अपमान भएको बताएका हुन् ।

‘सम्माननीय सभामुखज्यूलाई आयरल्यान्डबाट निम्तो आयो जानुप¥यो भन्दा सरकारले एउटा पीएलाई झोला बोकाउनु जानु दुईजना भन्ने जवाफ दिने दुनियाँमा कुनै सभामुख पीए मात्र लिएर हिँडे हुन्छ ? उनले भने, ‘कुरा सभामुखको मात्र हैन, संसद्को गरिमाको हो । सभामुख जाँदा कर्मचारी लान नपाउने, सहयोगी लान नपाउने कस्तो खालको इन्साफ हो तपाईहरुको ? सम्मान सरकारमा हुनेलाई मात्र चाहिने? यहाँ सभामुखको गरिमा छैन ?’ उनले पूर्व राष्ट्रपतिहरूको हालत के छ भनेर सरकारले खोजी नगरेकामा पनि आपत्ति जनाए ।

उनले भनने,‘अहिले पूर्व राष्ट्रपतिहरूको हालत के छ थाहा छ ? कसरी बस्नु भएको छ ?के खाएर बस्नुभएको ?सम्माननीय प्रधानमन्त्री ज्यू यहाँलाई थाहा छ?उहाँहरुले खान पाउँनुभएको छ कि तातोपानी खाएर बस्ने अवस्थामा पु¥याउनु भएको छ ? आफ्नो व्यवस्था भए । आफ्नो १० पुस्तालाई पुगे भयो अरुको जिविका चलोस् कि नचलोस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *