लम्पी स्किनलाई महामारी घोषणा गर्न किसान सन्जालको माग

Sharing is caring!

साउन ११, २०८० । राष्ट्रिय किसान सन्जालले देशव्यापी रुपमा फैलिएको लम्पी स्किनलाई महामारी घोषणा गरि पीडितलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको घोषणा गरेको छ ।

सन्जालले लम्पीस्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने, त्यसको नियन्त्रणमा लिनुपर्ने र किसानलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने प्रमुख माग राखेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्जालका संयोजक गणेश तिमिल्सिनाले राष्ट्रिय किसान सन्जाल देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन् ।

लम्पी स्किन रोगबाट पशुमा धेरै क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको, जस्ता विविध कुरालाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सन्जालले आन्दोलन घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *