दाङमा बस दुर्घटना हुँदा १६ को मृत्यु

Sharing is caring!

पुस ६, २०७५ । दाङको तुलसीपुरमा विद्यार्थी चढेको बस दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले जनाए अनुसार शहिद कृष्णसेन प्राविधिक विद्यालयका शिक्षक तथा विद्यार्थीसहितको टोली चढेको बस सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमणबाट फर्किने क्रममा दुर्घटनामा परेको हो  ।

दुर्घटनामा परी ३ महिला र १३ पुरूषसहित १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकाहरुको उद्दार कार्य जारी राखिएको प्रहरीले जनाएको छ । बसमा ३४ जना विद्यार्थी,२ शिक्षक र १ जना चालक रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *